काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ शुरू भएको छ ।
मतपत्र छपाइ हुँदा मापदण्ड अनुरूपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकिन गर्न ३ दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितको आयोग पदाधिकारी टोली सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड जानु भई मतपत्र मुद्रण मशिनको क्षमता र मतपत्र छपाइ परीक्षणबारे जानकारी लिए ।
मतपत्र छपाइभन्दा अघि मशिनको परीक्षण गरिएको छ । आगामी स्थानीय तह निर्वाचनका लागि करीब २ करोडको संख्यामा मतपत्र छपाइको तयारी छ ।
Leave a Reply