Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा सशस्त्रले बरामद गरेको ३६ लाखको सुन नेपालगञ्ज पुग्दा ७ लाख मात्रै !

कैलाली । कैलालीमा सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा बरामद गरेको ३६ लाखको सुन परीक्षण गर्दा ७ लाखको मात्रै पुष्टि भएको छ । गत सोमबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटर कैलालीले करिब ३६ लाख मूल्य बराबरका सुनचाँदीका गरगहना बरामद गरेको थियो ।

बिओपी त्रिनगर र बिओपी डोके बजारबाट खटिएको प्रहरी टोलीले धनगढी उप(महानगरपालिका–२, त्रिनगरबाट ४३१ ग्राम सुन र २०७ ग्राम चाँदी गरी ३६ लाख ८ हजार ३९० मूल्य बराबरका सुनचाँदीका गरगहना बरामद गरेको थियो ।

तर राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाई चेक जाँच गर्दा भने ७ लाख बराबरका गरगहना मात्रै सक्कली भएको पुष्टि भएको छ । भने बाँकी नक्कली गरगहना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर सिंहले जानकारी दिए ।

सशस्त्र प्रहरीको सीमामा खटिएको टोलीले विशेष सूचनाको अधारमा भन्सार छली ल्याउँदै गरेको सो परिमाणको सामान बरामद गरेका थियो । सशस्त्र प्रहरी उपरीक्षक सिंहले भने, “भारतबाट नेपाल तर्फ आउँदै गरेका २ जना एक आपसमा लडिराखेको र किन लडे भनी सशस्त्र प्रहरीले रोक्न जाँदा उनीहरूले झोला समेत छोडेर भागेको र किन भो झोलामा के छ भनी सोध्दा सो समान फेला पारेका हौँ ।”

सो घटना अहिले चर्चाको विषय बनेको छ । कैलाली सुन चाँदी व्यवसायी लाई पत्राचार गरी चेकजाँच भएकोमा २७ वटा बस्तु मध्ये ८ ओटा नक्कली रहेछन् । त्यसमा उल्लेखित धातु रहेछ भन्ने थाहा भयो । नक्कली भनिएको ८ वटा बस्तु चाहिँ मुचुल्का खडा गरी यहीँ राखेका छौँ । बाँकी १९ वटा हामीले राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाएका हौँ ।” उनले भने ।

उता राजश्व अनुसन्धान कार्यालय कोहलपुरले चेक जाँच गर्दा कोहलपुरको सुनचाँदी व्यवसायीलाई बोलाएर पूर्ण रूपमा पगालेर चेक जाँच गर्दा ४३१ ग्राम सुन भनी पठाएकोमा ८४ ग्राम र २०७ ग्राम चाँदी भनिएकोमा ११५ ग्राम गर्दा ७ लाख २१ हजार बराबरको मात्रै सक्कली भएको पुष्टि भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077