Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सर्लाहीमा क्रेनको ठक्करबाट छात्राको मृत्युपछि तनाव, चार प्रहरी घाइते

    सर्लाहीमा क्रेनको ठक्करबाट छात्राको मृत्युपछि तनाव, चार प्रहरी घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । क्रेनको ठक्करबाट सर्लाहीको राजघाटमा स्कुल हिँडेकी बालिकाको मृत्यु भएको छ । बागमती नगरपालिका–७, राजघाट बिहीबार साइकलमा स्कुल जाँदै गरेकी छात्रालाई क्रेनले ठक्कर दिएका थियो ।

    क्रेनको ठक्करबाट सोही स्थानकी १७ वर्षीया छात्रा सुमित्रा परियारको घटना स्थलमै मृत्यु भएको हो । आक्रोशित स्थानीयले शव उठाउन दिएका छैनन् । स्थानीय र पीडित परिवारलाई सम्झाइबुझाई शव उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।



    आक्रोशित स्थानीको भीडले बालिकालाई ठक्कर दिने क्रेनमा तोडफोड र आगजनी गरिदिएका छन् । भीड अनियन्त्रित भएपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो । तर, विद्यालयका विद्यार्थी ढुंगामुढासहित सडकमा आएपछि प्रहरीसमेत पछि हट्नु परेको थियो ।



    उनीहरूले प्रहरीमाथिसमेत ढुंगामुढा गरेका थिए । सोही क्रममा ढुंगा लागेर इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक नरेन्द्र मरवैतासहित चार प्रहरी घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार