Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • स्थानीय तह निर्वाचन

    अछामको चौरपाटीमा कांग्रेसविरुद्ध बाम गठबन्धन गर्ने तयारी, स्थानीय नेता जुटे छलफलमा

    अछामको चौरपाटीमा कांग्रेसविरुद्ध बाम गठबन्धन गर्ने तयारी, स्थानीय नेता जुटे छलफलमा

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1K
    SHARES

    धनगढी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै अछामको चौरपाटी गाउँपालिकामा कम्युनिस्ट दलहरूबिच तालमेलका लागि तयारी सुरु भएको छ । पालिकामा नेपाली कांग्रेस बलियो देखिएपछि तीन कम्युनिस्ट दलबिच तालमेलका लागि छलफल थालिएको हो ।

    बाम गठबन्धनका लागि पालिकाका शीर्ष नेताहरू दैनिक जसो छलफलमा जुटेका छन् । तर अहिले सम्म निष्कर्षमा भने पुग्न सकेका छैनन् । केन्द्रमा सत्तारुढ दलबिच चुनावी गठबन्धन गर्ने बहस चलिरहेको बेला उक्त गाउँपालिकामा भने प्रमुख प्रतिपक्ष दल एमालेसँग तालमेल गर्न एकीकृत समाजवादी र माओवादीले छलफल थालेका हुन् ।



    ‘केही दिनदेखि बाम गठबन्धन गर्ने विषयमा गहन छलफल थालेका छौँ,’ एक नेताले भने,’अन्तिम निष्कर्षमा पुग्न बाँकी छ । केही दिनमा नै टुङ्गो लाग्छ ।’ गाउँपालिकामा बलियो देखिएको काँग्रेसलाई चुनाव जित्न नदिन कार्यकर्ताबाट दबाब आउन थालेपछि नेताहरू छलफलमा जुटेका छन् । जसरी पनि पालिकामा कम्युनिस्टले चुनाव जित्नु पर्ने भन्दै कार्यकर्ताको स्थानीय नेतामाथि ठूलो जनदबाब छ ।



    सोही अनुसार नेताहरू तयारीमा जुटेका छन् । बाम गठबन्धन भए सजिलैसँग आफूहरूले चुनाव जित्ने उनीहरूको आकलन छ । भने एक्ला एक्लै चुनावमा गए हार्ने निश्चित जस्तै छ । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले मात्र एक मतले चुनाव जितेको थियो । तर अहिले एमाले पनि फुटेपछि गाउँपालिकामा एमाले कमजोर देखिएको छ ।

    गएको स्थानीय चुनावमा एमालेले कांग्रेससँग कडा प्रतिस्पर्धाका बिच अध्यक्ष पदमा चुनाव जितेको थियो । सात वटा वडामध्ये कांग्रेसले तीन वटा र एमालेले चार वटामा चुनाव जितेका थिए । तर अहिले एमाले एक्लै चुनावमा गए ती वडा पनि जोगाउन मुस्किल हुने नेताहरू बताउँछन् ।

    यता माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि पालिकामा आफ्नो पक्षमा बलियो जनमत रहेको दाबी गर्दै आएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवरको गृह पालिकासमेत रहेका कारण पनि सो पालिकामा जनमत बलियो रहेको स्रोतको दाबी छ । भने पालिकाका अध्यक्ष हर्कबहादुर साउँद पनि एकीकृत समाजवादीमा भएका कारण सो पार्टी बलियो हुन सक्ने कतिपयको बुझाई छ ।

    यस्तै २०७४ सालभन्दा माओवादी केन्द्र पनि यस पटक बलियो छ । माओवादी केन्द्रका स्थानीय नेताका अनुसार प्रायः सबै वडामा आफ्नो पार्टीमा जनमत रहेको बताए । यस्तै नेपाली कांग्रेस अहिलेको अवस्थामा पालिकामा सजिलैसँग चुनाव जित्ने भन्दै ढुक्क छ । तर काँग्रेसलाई बाम गठबन्धन भए चुनाव जित्न फलामको चिउरा चपाए जस्तै हुने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार