Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • मलाई प्रधानमन्त्री बनाउनेहरूलाई असहयोग गर्दिन : प्रधानमन्त्री देउवा

    मलाई प्रधानमन्त्री बनाउनेहरूलाई असहयोग गर्दिन : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 969
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई सहयोग गरेर प्रधानमन्त्री बनाउनेहरूलाई आफूले असहयोग नगर्ने बताएका छन् ।

    स्थानीय निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल हुने निर्णय भइसकेकोले जस्तोसुकै अप्ठ्यारो पनि सामना गर्ने बताएका उनले भने–‘निर्वाचनमा गठबन्धनको सहकार्य जारी राख्ने निर्णय कांग्रेसले गरिसकेकोले अब कुनै समस्या पर्दैन ।’



    राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भने–‘हाम्रो पार्टीले गठबन्धनलाई सँगै लैजाने निर्णय गरेको छ । अरु पार्टीका नेताहरुको सहयोगमा म प्रधानमन्त्री भएको हो । मलाई सहयोग गर्ने पार्टीसँग मिलेर जाने हो । अप्ठ्यारो त पर्नसक्छ तर त्यसलाई समाधान गरेर अगाडि बढ्छौं । त्यसमा चिन्ता गर्ने कुरा छैन ।’



    कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए । नेपाली कांगे्रसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस नागरिकको विचार अभिव्यक्ति एवं पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट पारे ।

    उनले नेपाली कांग्रेसले स्थापना कालदेखि नै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको बताउँदै अहिले पनि आफ्नो पार्टी यही पक्षमा दृढ रहेको धारणा राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार