Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • निर्वाचनका लागि संयन्त्र बनाउने गठबन्धनको निर्णय, २२ गतेभित्र प्रतिवेदन पेश गर्न निर्देशन

    निर्वाचनका लागि संयन्त्र बनाउने गठबन्धनको निर्णय, २२ गतेभित्र प्रतिवेदन पेश गर्न निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्ता गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने भएको छ ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले संयन्त्र बनाउने निर्णय गरेको बताए ।



    उनले भने–‘आगामी वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको छ । त्यसका निमित्त दलहरूका प्रदेशमा प्रदेश इन्चार्ज, जिल्लामा जिल्ला स्तरीय नेता र गाउँपालिकामा पनि प्रमुखहरुको संयन्त्र बन्छ ।’ तीनै तहका संयन्त्रले वस्तुगत तथ्य पेश गरेपछि त्यसबारे थप निर्णय गर्ने बताए ।



    उनले ती संयन्त्रलाई आगामी चैत २२ गतेभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको पनि जानकारी दिए । उनले आगामी स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेरै चुनावमा जाने निर्णय भएको पनि जानकारी दिए ।

    यसैबीच बैठकमा सहभागी नेकपा एसका नेता झलनाथ खनालले स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने, महानगरको निर्णय माथिबाट अन्यका लागि तलै निर्णय गर्न दिने त्यसका लागि सबै दलको संयन्त्र बनाउने बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने निर्णय भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार