Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक आज बस्दै, एआईजी बढुवाको निर्णय हुन सक्ने सम्भावना

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्न लागेको हो । बैठक नियमित कार्यतालिका अनुसार नै बस्न लागेको बताइएको छ ।

मन्त्रिपरिषदको यो नियमित बैठक भएकाले विभिन्न मन्त्रालयबाट प्राप्त विषयमा छलफल हुने छ । स्थानीय चुनाव नजिकिएकाले चुनाव केन्द्रीत केही निर्णय हुन सक्ने सम्भावना छ ।

आजको बैठकले प्रहरीमा थप गरिएका एआईजीमा बढुवाको निर्णय गर्न सक्ने जनाइएको छ ।

लोकसेवा आयोगले बुधबार मात्रै नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न गरेको सिफारिसलाई सदर गरेको थियो । यस्तै आजै सत्तागठबधनको बैठक समेत बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077