काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्दै छ । बुधबारबाट सुरु भएको बैठक आज पनि दिउँसो १ बजे पुनः बस्न लागेको हो ।
बुधबारको बैठकमा आसन्न स्थानीय तह निर्वाचनका लागि तालमेलका विषयमा कार्यकारिणी सदस्यहरूले धारणा राखेका छन् ।
बैठकमा धारणा राख्ने सदस्यहरूले पार्टीलाई उपलब्धि हुने गरी तालमेल गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
व्यक्तिगत स्वार्थभन्दा पनि नयाँ निर्माण भएको पार्टीलाई स्थापित गर्नेगरी तालमेल गर्न सुझाव आएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनका लागि उमेदवार छनोट प्रक्रिया, निर्वाचनमा टिकट वितरण गर्ने अधिकार, निर्वाचन घोषणापत्र, पार्टीको विधान संशोधनलगायत एजेन्डा प्रस्तुत भएको छ ।
Leave a Reply