काठमाडौं । त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गतआज नेपालले तेस्रो खेलमा पपुवा न्युगिनीसँग खेल्दै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे १२ बजेबाट सुरु हुनेछ ।
यसअघि नेपालले पहिलो खेलमा पीएनजीमाथि १५ रनको जित हात पारेको थियो ।
शृङ्खलामा नेपालले २ खेल जितिसकेको छ भने पीएनजीले दुवै खेल हारेको छ । नेपालले बुधबार भएको खेलमा मलेसियामाथि ६ विकेटको जित हात पारेको थियो ।
Leave a Reply