Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आईपीएल : कोलकतामाथि बैंगलोरको जित

    आईपीएल : कोलकतामाथि बैंगलोरको जित

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकता नाइट राइडर्सलाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा बैंगलोरले कोलकतालाई ३ विकेटले हराउँदै पहिलो जित निकालेको छ ।



    कोलकताले दिएको १ सय २९ रनको लक्ष्य बैंगलोरले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । बैंगलोरका शेर्फान रुथरफोर्डले सर्वाधिक २८ तथा शाहबाज अहमेदले २७ रन बनाए ।



    कोलकताका टिम साउथीले ३ तथा उमेश यादवले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकताले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो ।

    बैंगलोरका वानिन्दु हसरंगाले ४ विकेट लिए । त्यस्तै आकाश दीपले ३ र हर्सल पटेलले २ विकेट लिए । जितसँगै बैंगलोरले २ खेलमा २ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार