Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बक्यौता नबुझाउने तीन क्यासिनोको अनुमति रद्ध, खेल गतिविधि रोक्न गृहलाई पत्राचार

काठमाडौं । सरकारले समयमा बक्यौता नबुझाउने तीन क्यासिनोको अनुमति पत्र रद्द गरेको छ । रोयल्टी र नवीकरण शुल्क नियमित रूपमा नबुझाउने रक इन्टरनेसनल, ह्याप्पी हावर र ओरियन्टल होटल्स लिमिटेडको अनुमतिपत्र रद्ध गरिएको हो ।

रकको ११ करोड ४५ लाख, ह्याप्पी आवरको २१ करोड ५५ लाख र ओरियन्टल होटलको १७ करोड ७६ लाख रुपैयाँ बक्यौता छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मन्त्रीस्तरीय बैठकबाट तीन क्यासिनोको अनुमतिपत्र रद्द गर्ने निर्णय भएको पर्यटन विभागले जनाएको छ ।

यस्तै यी तीन कम्पनीका खेल गतिविधि सञ्चालनमा रोक लगाउन गृह प्रशासनलाई समेत पत्राचार गरिएको विभागले जनाएको छ । नवीकरण र बक्यौता बापतको रकम नबुझाएको भन्दै यस अघि ५७ दिनसम्मका लागि समय दिँदा पनि अटेर गरेका थिए ।

त्यसपछि विभागले ५ दिनभित्रै बाँकी रकम दाखिला गर्न चैत १० गते निर्देशन दिएको थियो । पटक-पटक यी कम्पनीलाई सरकारले बक्यौता रकम तिर्न निर्देशन दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077