Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • उच्च अदालत पोखराद्वारा पल शाहलाई थुनामा पठाउनु पर्ने कारणसहितको प्रतिवेदन माग

    उच्च अदालत पोखराद्वारा पल शाहलाई थुनामा पठाउनु पर्ने कारणसहितको प्रतिवेदन माग

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    पोखरा । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।

    बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले नाबालिगमाथि बलात्कारको अभियोगमा मुद्दा चलाइएका शाहको बारेमा तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो ।



    मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए ।



    उच्च अदालत पोखराले थुनछेक बहस प्रयोजनका लागि अभियुक्तलाई थुनामै पठाउनुपर्ने कारण, त्यसका आधार र त्यस सम्बन्धमा रहेका कागजातहरूको प्रमाणित प्रतिलिपि सहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएदिएको छ ।

    तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको कागजात प्राप्त भएपछि सुनुवाइका लागि पेसी तोकिनेछ ।

    तनहुँ जिल्ला अदालतले गत चैत १० गते  ‘तत्काल प्राप्त प्रमाणबाट शाहले जबरजस्ती करणी गरेको देखिएको’ भन्दै  शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतको उक्त आदेशविरुद्ध शाह उच्च अदालत पोखरा पुगेका थिए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार