Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • चोरी मुद्दामा कैद र जरिवाना तोकिएका व्यक्ति पक्राउ

    चोरी मुद्दामा कैद र जरिवाना तोकिएका व्यक्ति पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.2K
    SHARES

    सप्तरी । चोरी मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार रहेका एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्वर ६ बस्ने १९ बर्षीय राजिन भनिने राजेन्द्र कुमार सिंह रहेको प्रहरीले जनाएको छ ।



    मनोज कुमार यादवको जाहेरीले वादी नेपाल सरकार रहेको चोरी मुद्दामा सिंहलाई सप्तरी जिल्ला अदालतको २०७६ माघ ९ गतेको फैसलाले १ महिना १५ दिन कैद र रु.५ हजार नगद जरिवाना तोकिएको थियो ।



    कैद र जरिवाना तोकिएका उनलाई र नजिकबाटै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा उपस्थित गराउँदा कैद भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार