Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव, ३ अप्रिलमा मतदान हुने

    इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव, ३ अप्रिलमा मतदान हुने

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने भएको छ । आन्तरिक मन्त्री शेख रसिदले मंगलबार सो जानाकारी दिएका हुन् ।

    राष्ट्रियसभाको बैठकमा सोमबार खानविरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव पेस गरेपछिको पछिल्लो राजनीतिक अवस्थाबारे राजधानी इस्लामबादामा सञ्चारकर्मीसँग कुरा गर्दै रसिदले यस्तो जानाकारी दिएका हुन् ।



    ३१ मार्चमा अविश्वासको प्रस्तावमा बहस हुने र ३ अप्रिलमा मतदान हुने उनले बताए । प्रधानमन्त्रीविरुद्धको प्रस्ताव बिफल हुने उनले बताए ।



    प्रधानमन्त्री खानविरुद्धको अविस्वासको प्रस्तावलाई लिएर पाकिस्तानमा राजनीतिक संकट चुलिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार