Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • ‘गठबन्धनका दलबीचको बैठकबाट तालमेलको मोडालिटी बन्छ’

    ‘गठबन्धनका दलबीचको बैठकबाट तालमेलको मोडालिटी बन्छ’

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएको बताएका छन् ।

    आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले तालमेलको मोडालिटी तय गर्न गठबन्धनका दलहरुबीच छिट्टै बैठक बस्ने बताए । कांग्रेस केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेको थियो ।



    ‘संसदमा कांग्रेसको उपस्थिति कस्तो थियो, कसरी र कसका कारण कांग्रेसको नेतृत्वमा सरकार निर्माण भयो । यी सबै कुराको ख्याल राख्नुपर्छ । गठबन्धनको औचित्य बाँकी नै छ । वास्तविक धरातमा उभिन अनुरोध गर्दछु,’ तालमेलको विपक्षमा रहेका नेताहरुप्रति लक्षित गर्दै उनले भने ।



    अब मतदाताले पनि चुनावमा लेखाजोखा गर्ने बेला आएको उनले बताए । ‘देश र जनताका लागि कुन पार्टीले के गरेका छन् भनेर अब मूल्यांकन हुन्छ,’ सिंहले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार