Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान रोयल्सको विजयी सुरुवात

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ ।

मंगलबार रातिको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले पराजित गर्दै राजस्थानले विजयी सुरुवात गरेको हो ।

पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो। राजस्थानका लागि सन्जु सामसनले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ५५ रनको पाली खेलेका थिए।

विशाल लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077