Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले गर्‍यो पूर्णबहादुर खड्काको नेतृत्वमा स्थानीय निर्वाचन परिचालन समिति गठन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी समितिलाई पूर्णता दिने निर्णय बैठकले गरेको हो ।

केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति समेत गठन गरिएको छ ।

कांग्रेस बैठकले स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल गर्ने निर्णय समेत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077