Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति भण्डारीद्वारा सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त भएका छन् ।

श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् ।

संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकबाट सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका श्रेष्ठलाई राष्ट्रपतिले आजै नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

श्रेष्ठ यसअघि उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश थिए । उनलाई न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077