काठमाडौं । आगामी शनिबार (चैत्र १९ गते) जयनगर–कुर्था रेल्वेको उद्घाटन हुने भएको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल रुपमा रेलको उद्घाटन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा रेल जयनगर–कुर्था (जनकपुर) रेल सेवाको पुनः सुरुवात गर्ने कार्यतालीका रहेको छ।
रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रोपटक रेलवे अध्यादेश जारी गरेको थियो ।
Leave a Reply