Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • इटहरीमा बम विस्फोट : दुईजना घाइते, घटनास्थलमा भेटियो हिमाल सुरक्षा परिषदको पर्चा

    इटहरीमा बम विस्फोट : दुईजना घाइते, घटनास्थलमा भेटियो हिमाल सुरक्षा परिषदको पर्चा

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । सुनसरीमा सुतली बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

    जिल्लाको इटहरी उपमहानगरपालिका २ नवजागृति टोलमा गतराती साढे १० विस्फोटमा परेर डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् । घटनामा घाइते दुवै जनाको अहिले उपचार भइरहेको छ ।



    थापाको आँखामा चोट लागेकाले विराटनगरको आँखा अस्पताल र गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विस्फोट भएकोको घटनास्थलबाट भने प्रहरी हिमाल सुरक्षा परिषद नेपालको पर्चासमेत भेटिएको छ ।



    संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका माग यो सङ्गठनले राखेको छ । विस्फोट भने कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार