Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • प्रहरी जवान उर्मिला श्रेष्ठ मृत्यु प्रकरण : कर्तव्य ज्यान मुद्दामा २० जनामाथि अनुसन्धान जारी

    प्रहरी जवान उर्मिला श्रेष्ठ मृत्यु प्रकरण : कर्तव्य ज्यान मुद्दामा २० जनामाथि अनुसन्धान जारी

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान लिने गरी हिंसात्मक झडप भएको मोरङ लेटाङ प्रकरणमा मोरङ प्रहरीले २० जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।

    आफ्नै छात्रामाथि शिक्षकले दुर्व्यवहार गरेको घटनाको विरोधमा लेटाङमा चैत ६ गते प्रदर्शन भएको थियो।



    प्रहरीले नियन्त्रणमा लिएका शिक्षकलाई गाउँमै कारबाही गर्नुपर्ने भन्दै उग्र प्रदर्शन गरेका गाउँले र प्रहरीबीच झडप भएको थियो। सोही क्रममा प्रहरी जवान श्रेष्ठमाथि धारिलो हतियारले घाँटीमा प्रहार भएको थियो। उनको सोही दिन मृत्यु भयो।



    उनको मृत्यु भएपछि प्रहरीले विभिन्न चरणमा धेरै स्थानीयवासीलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गरेको थियो। तीमध्ये २० जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार