Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

काठमाडौं । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

सबैला नगरपालिका–१२ बरकुर्वामा बेलुका साढे ८ बजेतिर ज ६ प ६७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकलमा रहेका पाँच जनामध्ये चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनले दुर्घटनामा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादवको मृत्यु भएको बताए ।

दुर्घटनामा सबैला–२ का १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका छन् । उनको यादवको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077