Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : लखनउलाई हराउँदै गुजरातको विजयी शुरूवात

एजेन्सी । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी शुरूआत गरेको छ ।

गएराति भएको खेलमा अर्को नयाँ टोली लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै गुजरातले सुखद शुरूआत गरेको हो ।

वान्खडे स्टेडियममा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

यस अघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो ।

जीतसँगै गुजरातले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ । यता लखनउले हारबाट प्रतियोगिताको सुरुवात गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077