काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
सोमबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का लिएको लामो समय भइसक्दासमेत कार्यालयको निर्देशनलाई अवज्ञा गरेको भन्दै ३१ आयोजनाका ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको हो ।
कार्यालयले सात दिनभित्र आधिकारिक व्यक्ति नै ढिलाइ गर्नुको कारणसहित उपस्थित हुन निर्देशन दिएको हो ।
डिभिजन कार्यालयले निर्माण पूरा नगरे सम्झौता रद्द गरेर कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
यस्तो छ सूचना :
Leave a Reply