Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा खुलेको लोक सेवा आयोगको विज्ञापन रद्ध गर्न माग

कैलाली । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले आह्वान गरेको तह विहीन वन रक्षक पदको विज्ञापन खारेज गर्न माग गरिएको छ । थारु कल्याणकारी सभा कैलालीसहित ११ संस्थाले उक्त विज्ञापन संविधान विपरीत खुलाएको भन्दै खारेज गर्न माग गरेका हुन्।

आफूहरुलाई उपेक्षा गरेर समानुपातिक समावेशी सहभागिताका सिद्धान्तलाई लत्याएको उनीहरुको आरोप छ। ‘प्रदेशको लोकसेवा आयोगको मिति यही चैत्र ९ गते प्रकाशन गरेको वन रक्षक पदको विज्ञापनले हाम्रो ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले चालेको यो कदमको हामी घोर निन्दा र भत्संना गर्दछौ,’संयुक्त विज्ञप्तिमा भनिएको छ,‘समयमै व्यवस्था नगरे अदालतको ढोका ढक्ढक्याउने र त्यसबाट न्याय नपाए कडा भन्दा कडा आन्दोलन गर्ने ब्यहोरा समेत यसै विज्ञप्ति मार्फत सबैलाई जानकारी गराउन चाहन्छौँ ।’

प्रदेश लोक सेवा आयोगले गत बुधवार प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदका लागि खुला तथा समावेशी गरी १६७ पदमा विज्ञापन खुलाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077