Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • कांग्रेस महामन्त्रीका धारणा : शर्माले भने गठबन्धन गरौँ, थापाले भने नगरौँ

    कांग्रेस महामन्त्रीका धारणा : शर्माले भने गठबन्धन गरौँ, थापाले भने नगरौँ

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकता अनुसार गठबन्धन गरेर जानु उपयुक्त हुने बताएका छन् । सानेपामा जारी केन्द्रीय समितिको बैठकमा शर्माले आवश्यकता अनुसार गठबन्धन गरेर जानु उपयुक्त हुने बताएका हुन् ।

    उनले भने, ‘कुनै ठाउँमा एमाले हामीभन्दा ७ हजारले अगाडि छ । अहिले हामीले भोट घटाएर ३ हजारले हार्नुभन्दा ४ हजार मत भएको माओवादीलाई मिलाउँदा फाइदा हुन्छ । गठबन्धन गर्न हुँदैन भन्ने होइन ।’ बैठकमा शर्माले ०७४ को चुनावी मत परिणामको डाटा राखेका थिए ।



    यस्तै महामन्त्री गगन थापाले भने गठबन्धन गर्न नहुने बताएका छन् ।



    बैठकमा बोल्दै थापाले कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने धारणा राखेका हुन् ।

    उनले भने, ‘कम्युनिस्टबाट लोकतन्त्र खतरामा छ भनेर हामीले पटक पटक भनेका छौँ । कम्युनिस्टहरूलाई मिल्न नदिन गठबन्धन गरेर जाँदा लोकतन्त्रमाथि खतरा हुँदैन भनेर जाने हो ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार