काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदै छन् ।
परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै देउवा १८ चैतमा भारत भ्रमणमा जान लागेको पुष्टि गरेको हो ।
प्रधानमन्त्री देउवासँगै भारत भ्रमणमा उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, अरु मन्त्री र सचिवहरु पनि सहभागी हुने छन् ।
नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग १९ चैतमा भेट्ने छन् भने २० चैतमा स्वदेश फकर्ने कार्यक्रम रहेको छ ।
Leave a Reply