Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • स्थानीय तह निर्वाचनका लागि १६ गतेबाट मतपत्र छपाइ हुँदै, सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय

    स्थानीय तह निर्वाचनका लागि १६ गतेबाट मतपत्र छपाइ हुँदै, सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जनक शिक्षा सामग्री संस्थानले चैत १६ गतेबाट मतपत्र छपाइ शुरू गर्ने भएको छ ।

    निर्वाचन आयोगले हिजो आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गरेपछि मतपत्र छपाइ गर्न दिने निर्णय गरेको हो । करिब २ करोड मतपत्र छपाइका लागि ९ वटा मेसिन तयारी अवस्थामा रहेको संस्थानले जनाएको छ ।



    संस्थानका महाप्रबन्धक अनिलकुमार झाले मतपत्र छपाइका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए । उनले भने– ‘आयोगका आयुक्तसहितको टोलीले जनकको छापाखानाको अवलोकन गरेलगत्तै काम गर्न पत्र दिएको हो । संस्थानले बुधबारबाट छपाइ शुरू गर्नेछ ।’



    उच्च सुरक्षा निकायले केन्द्रको सुरक्षा अवस्थाबारे जानकारी लिइसकेको छ । आयोगले प्रेसको अवस्था र छपाइको क्षमतालगायतको विषयमा जानकारी लिएपछि मतपत्र छपाइ गर्ने निर्णयसहितको पत्र संस्थानमा पठाएको हो ।

    मतपत्र छाप्नुअघि सबै मेसिन र छपाइ गर्ने स्थल सुरक्षा टोलीले जिम्मा लिनेछ । त्यसपछि सबै आधार र आवश्यक क्षेत्रमा सीसीटीभी जडान गर्न निर्देशन दिनेछ । नेपाल समाचार पत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार