काठमाडौं । लोक सेवा आयोगले यही चैत २६ गते तय गरिएको शाखा अधिकृतको परीक्षा स्थगित गरेको छ ।
शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ ।
सर्वोच्च अदालतबाट भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्ने सिलसिलामा परीक्षा स्थगित गरिएको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी दिए ।
पूर्व निर्धारित लिखित परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।
Leave a Reply