Online Nepal
  • बुधबार, २ माघ २०८१
  • आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास हुँदैन बाह्य लगानी भित्र्याउनुपर्छ : थापा

    आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास हुँदैन बाह्य लगानी भित्र्याउनुपर्छ : थापा

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 996
    SHARES

    फाइल फोटो

    काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन
    थापाले आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै बाह्य लगानी भित्र्याउनुपर्ने बताएका छन् । १०औं गैर आवासीय नेपाली विश्व सम्मेलनलाई आज सम्बोधन गर्दै महामन्त्री थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताएका हुन् ।

    नेपालमा अबको आठ–दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताउँदै उनले नेपालको कृषि बजारमुखि हुने र मानिसहरुलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पारे ।



    महामन्त्री थापाले गैरआवासिय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताए । गैर आवासीय नेपालीहरुको लगानीसँग नेपालीहरु डराउनु नहुने पनि उनले बताए । उनीहरुलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने उनको भनाई छ ।

    महामन्त्री थापाले भने–‘हामी नेपालभन्दा बाहिर बसेका पहिलो पुस्ताका नेपालीलाई जसरी नागरिकता दिन डरायौँ । पासपोर्ट दिन डराएका हुन्छौ । जसरी तपाईहरुलाई अधिकार दिन डराएका हुन्छौँ । आफ्नै दाजुभाइहरुसँग,आफ्नै दिदीबहिनीहरुसँग कहिँ न कहीँ मनमा त्यो संकुचन राखेर बसेका छौँ जसको कारणले गर्दाखेरी हामीले हात खोल्नुपर्ने हो, त्यो हात नखोलेर हाम्रो मुट्ठी कसिएको अवस्था छ । यो विषयको सन्दर्भमा नेपालको लिडरशिपले त्यो कन्फिडेन्स राख्नैपर्छ । र यसका केही नयाँ ढंगले हाम्रो साझेदारी गर्नैपर्ने हुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार