Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेन भन्छन्-पुटिन सत्तामा रहिरहन हुँदैन

    अमेरिकी राष्ट्रपति बाइडेन भन्छन्-पुटिन सत्तामा रहिरहन हुँदैन

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहन नसक्ने टिप्पणी गरेका छन् ।

    युरोप भ्रमणमा रहेका राष्ट्रपति बाइडेनले शनिबार पोल्यान्डको वार्सामा आयोजित कार्यक्रममा पुटिन शक्तिमा रहन नसक्ने बताएका हुन् ।



    रूसले एक महिनादेखि छिमेकी युक्रेनमा जारी राखेको आक्रमणबारे छलफल गर्न पोल्यान्ड पुगेका राष्ट्रपति बाइडेनले पुटिन शक्तिमा नरहने बताएपछि रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले पनि कडा प्रतिक्रिया जनाएको छ ।



    पछिल्लो समय पुटिनप्रति निकै आक्रोशित रूपमा बाइडेन प्रस्तुत हुँदै आएका आएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन शक्तिमा रहन कि नरहने भन्ने कुरा बाइडेनले नभई रूसी जनताले निर्णय गर्ने बताएका छन् ।

    अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीहरूले भने बाइडेनको भनाइको अर्थ रूसमा सत्ता परिवर्तन गर्नुपर्छ भन्ने नभएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार