Online Nepal
  • बुधबार, १० पुष २०८१
  • चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण : राष्ट्रपतिसँगको भेटलगत्तै ओली र प्रचण्डलाई भेट्ने

    चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण : राष्ट्रपतिसँगको भेटलगत्तै ओली र प्रचण्डलाई भेट्ने

    आजै स्वदेश फर्कने

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले भ्रमणको अन्तिम दिन आज (आइतवार) महत्वपूर्ण भेटवार्ता गर्दैछन् ।

    जसअनुसार वाङले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै छन् । बिहान ९:३० बजे शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने उनको कार्यसूची छ ।



    यसलगत्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।



    होटल मेरियटमा ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने वाङको कार्यसूची छ । नेपाल भ्रमण सकेर वाङ यी आइतवार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार