काठमाडौं । निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । वैशाखमा हुने स्थानीय चुनावका लागि आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको हो ।
नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दाबी विरोधका लागि एक साताको समय दिएको थियो । आयोगका अनुसार दावी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेका छन् ।
अब एक करोड ७७ लाखभन्दा बढी मतदाता कायम भएका छन् । आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि नाम हेरफेर गर्न पाइने छैन । आयोगले वडा, ७५३ पालिका र ७७ वटै निर्वाचन कार्यालयको समन्वयमा अन्तिम मतदाता सूची तयार पारेको छ ।
स्थानीय निर्वाचन आउँन अब मात्र ४७ दिन बाँकी छन् । आयोगका अनुसार करिब एक करोड ७७ लाखभन्दा बढी मतदानका लागि योग्य रहेका छन् ।