Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रामेछापको सुकाजोरमा आगलागी, २२ वटा घरगोठ जले

काठमाडौं । रामेछापमा आगलागीबाट २२ घरगोठ जलेका छन् । जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोरमा भएको आगलागीबाट २२ घरगोठ जलेका हुन् ।

विद्युत् सर्ट भइ आगलागी हुँदा एकै गाउँका ११ वटा घर र ११ वटा गोठ गरी २२ वटा घर गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आज दिउँसो स्थानीय विनोद श्रेष्ठको घरमा विद्युत् सर्ट भइ आगलागी सुरु भएको थियो ।

श्रेष्ठको घरमा लागेको आगो हावाहुरीका कारण नजिकका छिमेकी चिरञ्जीवी श्रेष्ठ, ठेगबहादुर मगर, हिमाल श्रेष्ठ, एकलाल श्रेष्ठ, दलबहादुर मगर, ईश्वरलाल श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ, शङ्कर श्रेष्ठ र प्रेमकुमार श्रेष्ठका गरी ११ वटा घर र ११ वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ । आगलागीले नगद, अन्नपात, लत्ताकपडा लगायतका सामग्री जलेका छन् । क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको पनि प्रहरी नायब उपरीक्षक थिङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077