Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारततर्फ लैजान लागिएको दुई हात्तीसहित तीनजना पक्राउ

काठमाडौं । दुई वटा हात्तीसहित पर्सामा तीन जना पक्राउ परेका छन् ।

हात्ती बिक्रीका लागि नेपालबाट भारततर्फ लैजादै गरेको सूचनाका आधारमा खटिएको प्रहरीले दुई जना माहुते र हात्ती बिक्री गर्ने एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा माहुतेहरु बुद्धिराम महतो र राजु कुमाल तथा हात्ती बिक्री गर्ने सफरोज आलम रहेका छन् ।

पक्राउ परेकालाई आबश्यक कारबाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइएको डिएसपी खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077