Online Nepal
  • बुधबार, १० पुष २०८१
  • यी हुन् नेपाल र चीनबीच भएका ९ वटा समझदारी [सूचीसहित]

    यी हुन् नेपाल र चीनबीच भएका ९ वटा समझदारी [सूचीसहित]

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल र चीनबीच आज ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएपछि दुई देशका सम्बन्धीत अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।



    परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितीमा सम्बन्धीत अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।



    यी हुन् नेपाल र चीनबीचको समझदारीमा हस्ताक्षर भएका ९ बुँदा :
    -आर्थिक तथा प्राविधिक सहयोग सम्झौता
    -नेपालमा चीन–नेपाल सीमापार चल्ने रेलमार्गसम्बन्धी परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना
    -चीन–नेपाल पावर ग्रिड इन्टरकम (प्रसारण लाइन) को सम्भाव्यता अध्ययनमा सहयोग
    -नेपालबाट चीनमा घाँस निकासीको सुरक्षा तथा स्वास्थ्यसम्बन्धी मापदण्ड
    -चीन पैठारी हुने सामानमा ९८ प्रतिशत भन्सार शूल्क मुक्त गर्ने विनिमय पत्र
    -अरनिको राजमार्ग मर्मतसम्भार (तेस्रो चरण) आयोजनाको हस्तान्तरण प्रमाणपत्र
    -रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको निर्णय
    -चीनको चिकित्सकीय टोली नेपाल पठाउन आवश्यक मापदण्डसम्बन्धी सम्झौता
    -चीनको सहायतमा नेपाल आएको कोरोनाविरुद्धको खोपको वितरण र स्वीकृतिको प्रमाण पत्र (पाचौं र छैटौं चरणमा आएको ४० लाख खोप)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार