काडमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट भएको छ ।
शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको हो ।
नेपाल भ्रमणमा रहेका वाङको भ्रमण तालिका अनुसार दुई परराष्ट्रमन्त्रीबीच शनिबार भएको छलफलपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ ।
त्यसपछि शनिबार नै नेपाल र चीनबीच विभिन्न सम्झौतामा दुईपक्षीय छलफल हुनेछ ।
Leave a Reply