काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यीले काठमाडौंको शिवपुरी डाँडामा हाइकिङ गरेका छन् । शुक्रबार अपराह्न काठमाडौं आइपुगेका वाङ शनिबार बिहानै हाइकिङका लागि काठमाडौंको उत्तरपश्चिम कुनामा रहेको शिवपुरी डाँडातर्फ लागेका थिए।
बत्तिसपुतलीस्थित होटल द्वारिका बाट बिहान साढे ७ बजे निस्किएका वाङ गौशाला, ज्ञानेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु नागार्जुन हुँदै गाडीमा तीनपिप्ले मुनि पुगेर डाँडातिर पैदल उक्लिएका थिए ।
नेपालको तीन दिने भ्रमणमा आएका उनले त्यहाँबाट होटल फर्केर समकक्षी नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तालिका छ । यसअघि २०७६ भदौमा काठमाडौं आउँदा वाङ ट्रेकिङ गर्न चन्द्रागिरि र नगरकाेट पुगेका थिए।
Leave a Reply