Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • ६ दिदीबहिनी बसे बुबाको काजक्रियामा

    ६ दिदीबहिनी बसे बुबाको काजक्रियामा

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिका २, जल्पा मैदानमा ६ दिदीबहिनी बाबुको मृत्यु संस्कार उम्काउन भन्दै क्रियाकर्ममा लागेका छन्।

    नेपाली समाजमा मृत्यु संस्कारमा छोरा नै चाहिन्छ भन्ने परम्परागत मान्यतालाई चिर्न चैत ७ गते मृत्यु भएका बुबा रेवत हिस्कीको क्रियाकर्म ६ दिदीबहिनीले उम्माउन लागेका हुन्।



    दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की बुबाको काजक्रिया गर्न गत ५ दिनदेखि पूर्णसंस्कारमा रही क्रिया बसेका हुन्। बुबाआमाको काजक्रिया छारीले पनि गर्नुपर्छ र छोराछोरी बराबर हो भन्ने मान्यता स्थापित गर्न तथा अन्धविश्वासलाई चिर्न ६ दिदीबहिनी लागि परेका हुन्।



    साईली छोरी प्रेमकुमारीले बाबाको अचानक मृत्यु हुँदा अन्यौलताका बीच दिदीबहिनीहरुको सल्लाहमै काजक्रिया कर्ममा लागि परेको बताइन्। उनी भन्छिन्, ‘हामीसँग दाजुभाई नभएता पनि दिदीबहिनी जुटे जे पनि गर्न सक्छौं भन्ने लागेर पुण्यकर्ममा लागिपर्यौं।’

    ६ दिदीबहिनीका एक भाईको १० वर्षको उमेरमा लडेर मृत्यु भयो। तर पनि मगर संस्कार अनुसार छोरा नभए पनि छोरी पनि छोरा समान काम गर्न सकिन्छ भनेर आफूहरु क्रियामा बसेको मनकुमारीले बताइन्।

    साधारण परिवार भएका कारण पद्यपब्लिक नमूना माविका विद्यार्थी तथा विद्यालयले क्रियाकर्ममा सहयोग समेत गरेको छ। यहाँका स्थानीयहरुले समेत छोरीहरुले गरेको कार्यको खुलेर प्रशंसा र सामाजिक, आर्थिक सहयोग गर्दै आएका छन्। नागरिक दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार