काठमाडौं । चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी आज हाइकिङ जाने भएका छन् । तीन दिने भ्रमणका लागि नेपाल आएका वाङ शनिबार बिहान हाइकिङ जाने भएका हुन् ।
शनिबार बिहान विदेश मन्त्री वाङ यी हाइकिङका लागि शिवपुरी जाँदैछन्। यसअघि २०७६ भदौमा काठमाडौं आउँदा वाङ ट्रेकिङ गर्न चन्द्रागिरि पुगेका थिए ।
शिवपुरीको हाइकिङबाट फर्किएपछि वाङ राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्। वाङले परराष्ट्र मन्त्री नारायण खड्कासँग दुई पक्षीय वार्ता गर्ने छन् । शनिबार नै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि उनी चीन फर्किने कार्यक्रम रहेको छ । उनको भ्रमणलाई महत्वको साथ हेरिएको छ ।
Leave a Reply