काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित झापा पुगेका छन् ।
शुक्रबार शाह दम्पती चन्द्रगढी विमानस्थल हुँदै दमक पुगेका हुन् ।
शाहको सचिवालयका अनुसार उनीहरू झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने छन् । शाह दम्पती कति दिन झापा रहने भने खुलेको छैन ।
यसअघि झापा जाँदा शाह केही दिन त्यहाँ आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमण गर्ने गरेका थिए ।
Leave a Reply