काठमाडौं । नेपाली सेनाका पाँच जना महासेनानी सहायक रथीमा बढुवा भएका छन् । उनीहरुलाई प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार विशेष समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरे ।
बढुवा हुने महासेनानीहरुमा निरीक्षण निर्देशनालयका पुरुषोत्तम ढकाल, ४ नम्बर बाहिनी अड्डाका उत्तम कुमार विष्ट, पूर्वी कमाण्ड हेड क्वाटरका सन्तोषराज पाण्डे, २६ नम्बर वाहिनी अड्डाका लक्ष्मण थापा र सैनिक इन्टेलिजेन्स कोरका सुरत रावल छन् ।
बढुवा भएका ढकाल र पाण्डे २८ बेसिक र रावल २९ बेसिकका सैनिक अधिकृत हुन् ।
अब्बल कार्यक्षमता भएपनि लामो समयदेखि बढुवाबाट बञ्चित हुँदै आएका ढकाल, पाण्डे र रावललाई प्रधानसेनापति शर्माले सैनिक नियमावलि अनुसार कानून र रक्षा मन्त्रालयको सल्लाह र सुझाव अनुसार बढुवा गरेको जनाएका छन् ।
उनीहरुको बढुवाको प्रमुख आधार शिक्षा नभई लामो अनुभव र संगठनको आवश्यकतालाई सैनिक निर्देशनालयले जनाएको छ । सैनिक नियमावली अनुसार सहायक रथी बढुवाका लागि शैक्षिक योग्यता स्नातक चाहिन्छ ।
Leave a Reply