Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • नेपाल प्रहरीमा एकै पटक २० हजार पदमा बढुवा हुँदै

    नेपाल प्रहरीमा एकै पटक २० हजार पदमा बढुवा हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । प्रहरी नियमावली संसोधन गरेर थपिएका प्रहरी निरीक्षक (इन्सपेक्टर) भन्दा तलका तीन पदमा बढुवा प्रक्रिया सुरु भएको छ । तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा प्रहरीका अधिकारीहरुको मनोबल खस्किएको निष्कर्षसहित प्रहरी नियमावली संसोधन गरेर तीन पद थप गरिएको छ । सोहि पदमा बढुवा प्रक्रिया थालिएको गृह मन्त्रालयले जनाएको छ ।

    प्रहरी नियमावली, २०७१ को ९औं संशोधनमार्फत जवान र हवल्दारको बीचमा प्रहरी सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हवल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायव निरीक्षक पद सृजना गरिएको छ ।



    गृह मन्त्रालयका अनुसार तीन पदमा गरेर २० हजार चार सय १९ प्रहरीको बढुवा हुनेछ । प्रहरी प्रधान कार्यालयका अनुसार यसमा एकैपटक बढुवा गर्न कार्यसम्पादन मूल्यांकन चाहिने हुँदा अहिले भने वरिष्ठताका आधारमा बढुवा गर्ने प्रक्रिया थालिएको छ ।



    को–को हुँदैछन् बढुवा ?
    प्रहरी प्रधान कार्यालयले जनाए अनुसार पहिलो चरणमा प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षकमा एक हजार ४१८ जना, प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दारमा तीन हजार ७४८ जना र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा १५ हजार २५३ जना बढुवा हुनेछन् ।

    यी मध्य पहिलो चरणमा बिहीबार प्रहरी वरिष्ठ नायव निरीक्षकमा एक सय ९१ जना, प्रहरी वरिष्ठ हवल्दारमा एक हजार १७३ जना तथा प्रहरी सहायक हवल्दारमा एक हजार ७५२ जना बढुवा सिफारिस भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार