Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यातायात विभागले जेठदेखि आवेदन दिएको १५ दिनमै परीक्षा लिने

काठमाडौं । यातायात व्यवस्था विभागले जेठबाट स्मार्ट सवारी लाइसेन्स नियमित वितरण गर्ने भएको छ ।

ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरुका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको जानकारी दिँदै विभागले जेठपछि नवीकरण गर्नेहरुले एक महिनाभित्रै स्मार्ट लाइसेन्स पाउने दावी गरेको हो ।

जेठदेखि नयाँ सवारीको लाइसेन्सको आवेदन खुल्ने र जेठसम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राहीसँग परीक्षा लिइसक्ने विभागले जनाएको छ । यस्तै फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरिने पनि बताइएको छ ।

सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077