Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • चैत १८ र १९ मा ‘१७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ गर्दै नेपाल तेक्वान्दो संघ

    चैत १८ र १९ मा ‘१७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ गर्दै नेपाल तेक्वान्दो संघ

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल तेक्वान्दो संघले १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ । संघले आज पत्रकार सम्मेलनको अयोजना गरी चैत्र १८ र १९ गते ‘१७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ आयोजना गर्न गईरहेको जनाएको हो ।

    कोभिड १९ को महामारी र स्वास्थ सुरक्षाका कारण लामो समयदेखि रोकिएको खेल गतिविधिहरुलाई सुचारु गरी आगामी दिनमा नेपालको प्रतिनिधित्व गर्ने गरी देश र नेपाली जनताका लागि अन्तराष्ट्रिय प्रतियोगिताहरुबाट पदक हासिल गर्ने सम्भावित योग्य र उदियमान खेलाडीहरुको समेत पहिचान गर्दै अन्तर्राष्ट्रिय सहभागिताको तयारीलाई तिव्र पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ ।



    पत्रकार सम्मेलनमा राष्ट्रिय प्रतियोगिता खेलाडीहरुका लागि एक महत्वपूर्ण अवसरका रुपमा रहने पनि संघले विस्वास लिएको जनाएको छ ।



    यस राष्ट्रिय प्रतियोगिताबाट आगामी दक्षिण एशियाली खेल, एशियाली खेल लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि खेलाडीहरुको पहिचान गर्दै तयारी पक्षलाई द्रुत गतिमा संचालन गर्ने नेपाल तेक्वान्दो संघको योजना रहेको आयोजक समितिका अध्यक्ष एवम् नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दले बताए ।

    संघले राष्ट्रिय प्रतियोगितालाई सफलताकासाथ सम्पन्न गर्न नेपाल संघका उपाध्यक्ष चन्दको अध्यक्षतामा ९ सदस्यीय प्रतियोगिता आयोजक समिति गठन गरेको छ । प्रतियोगिता आयोजक समितिमा संघका केन्द्रीय सदस्य राम गिरी संयोजक रहेका छन् ।

    खेलकुद विकास ऐन २०७७ अनुसार राष्ट्रिय संघहरुले प्रत्येक वर्ष राष्ट्रिय प्रतियोगिताको आयोजना गर्नुपर्ने प्रावधान रहेको र संघको नीति तथा कार्यक्रम बमोजिम वार्षिक रुपमा राष्ट्रिय प्रतियोगिता गर्ने योजना अन्तर्गत राष्ट्रिय प्रतियोगिता हुन गईरहेको प्रतियोगिता आयोजक समितिका संयोजक राम गिरीले अनलाईन नेपालसँग बताए ।

    प्रतियोगितामा ७ प्रदेश टिम र ३ विभागीय टिम गरी जम्मा १० वटा टिमका खेलाडीहरुले सिनियर र जुनियर गरि जम्मा २६ स्वर्ण २६ रजत र ५२ कास्य पदकका लागी प्रतिस्पर्दा गर्नेछन् । खेलमा सात प्रदेश बाहेक नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपल प्रहरीका विभागीय टिमले सहभागीता जनाउने छन् । यस राष्ट्रिय प्रतियोगिताका लागी फाल्गुन महिनामा विभिन्न जिल्ला तथा प्रदेश टिमको छनौट सम्पन्न भैसकेको छ ।

    प्रतियोगितामा सिनियर तथा जुनियर गरी २६ वटा वजन समूहमा प्रतिस्पर्धा हुने संघले जनाएको छ । प्रदेश तथा विभागीय समेत १० वटा टिमका साथै प्रदेश छनौट प्रतियोगितामा देखिएका उत्कृष्ट तथा उदयमान सम्भावित देखिएका अतिरिक्त ४२ जना खेलाडी समेत गरी करिव ३०० जना खेलाडीहरुको सहभागिता रहने संयोजक गिरीले बताए ।

    राष्ट्रिय प्रतियोगिताका लागि करीव ३६ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । यस प्रतियोगितामा देखिएका उत्कृष्ट खेलाडीहरु छनौट गरी राष्ट्रिय टिमको निर्माण भै तयारी प्रशिक्षणलाई तत्काल आरम्भ गर्दै नेपालको तेक्वान्दो खेलले प्राप्त गरेको गौरवपूर्ण सफलता र उपलब्धिलाई अझै उत्कृष्ट पार्ने नेपाल तेक्वान्दो संघ सँधै क्रियाशिल रहने पनि अध्यक्ष चन्दले बताए ।

    प्रतियोगितामा कुन समूहबाट कति भिड्दैछन् ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार