Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखलाई एमालेको दुई सन्देश : कि १४ सांंसदको पदमुक्तको सूचना टाँस, नभए राजीनामा देऊ

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई दुईवटा सन्देश दिएको छ ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबार र बिहीबार बसेको बैठकबाट एमालेले निष्काशित गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्नुपर्ने, नभए राजीनामा दिएर बाहिरिनुपर्ने भन्ने औपचारिक रुपमा नै दुईवटा सन्देश दिएको हो ।

‘हाम्रो पार्टी प्रस्ट छ– प्रतिनिधिसभा पुनस्र्थापना गर्ने २८ असार २०७८ को परमादेशप्रति गम्भीर असहमतिका बाबजुद हामी सदनलाई नियमित सञ्चालन र प्रभावकारी बनाउन चहान्छौं । र, त्यसैगरी प्रस्तुत पनि भइरहेका थियौं,’ एमाले बैठकले पारित गरेको दस्तावेजमा भनिएको छ, ‘तर यसका लागि या त १४ सांसदहरूको कारबाहीको सूचना सभामुखले टाँस गर्नुपर्छ या निजले पदबाट राजीनामा दिनुपर्छ ।’

एमालेबाट निष्काषन गरिएका माधवकुमार नेपाल, बेदुराम भुसाल, प्रेम आले, रामकुमारी झाँक्री, विरोध खतिवडालगायत १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस नगरेसम्म प्रतिनिधिसभा बैठकलाई निरन्तर अवरोध गरिरहने पनि बैठकले सन्देश दिने देखिएको छ ।

गत २५ साउनमा एमाले १४ जना सांसदहरू माथि कारबाही गरिएको भन्दै सभामुखलाई १ भदौंमा जानकारी गराएको थियो । तर, सभामुख सापकोटाले उक्त लिखित जानकारी दिँदा पनि पदमुक्तको सूचना टाँस नगरेको भन्दै २३ भदौबाट निरन्तर संसदमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077