Online Nepal
  • बुधबार, १० पुष २०८१
  • चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै, प्रमुख दलका शिर्ष नेतालाई भेट्ने

    चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै, प्रमुख दलका शिर्ष नेतालाई भेट्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार (आज) नेपाल आउँदै छन् । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा उनी आज नेपाल आउन लागेका हुन् र

    एमसीसी अनुमोदन भएको महिनादिन भित्रै स्टेट काउन्सिलर वाङ नेपाल भ्रमणमा आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी आइतबारसम्म नेपाल भ्रमणमा रहनेछन् ।



    भ्रमणका क्रममा परराष्ट्रमन्त्रीको नेतृत्वमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक हुने बताइएको छ ।



    चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ । विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार