Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनमा जान एमालेलाई अरुको 'वैशाखी' नचाहिने ईश्वर पोखरेलको दाबी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रबाट कुनै पनि किसिमको गठबन्धन र तालमेल नहुने बताएका छन् ।

यद्यपि, स्थानीय स्तरमा आवश्यकताका आधारमा त्यहीँको पार्टी कमिटीले तालमेलबारे निर्णय गर्नेसक्ने उनको भनाइ छ।स्थानीय पार्टी कमिटीले आवश्यक ठानेमा निर्वाचनमा सिटहरु 'एरेन्जमेन्ट' हुनसक्ने पोखरेलको भनाइ छ ।

बिहीबार पार्टी केन्द्रीय कमिटी बैठक सकिएपछि प्रतिक्रिया दिँदै पोखरेलले निर्वाचनमा जान एमालेलाई अरुको 'वैशाखी' नचाहिने दाबी गरे ।

सत्तारुढ गठबन्धनप्रति संकेत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नो खुट्टामाथि भरोसा नहुनेहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने तर्क गरे। उनले भने, ‘हामीले प्रष्टैसँग भनेका छौं– हामीहरु निर्वाचनलाई ध्यानमा राखेर कुनै गठबन्धन बनाउँदैनौं । हामी हाम्रो खुट्टामाथि विश्वास गर्छौ। जुन खुट्टाले भूइँ टेकेको छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077