Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : सेमिफाइनल पुग्ने चार टिमको टुंगो

कैलाली । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को सेमिफाइनल समिकरण पूरा भएको छ। बिहीबार क्वाटरफाइनलका दुई खेल भएसंगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो । विभागिय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिमबीच बिहीबार भएको क्वाटरफाइनलको खेलमा एपीएफ विजयी भएको छ।

सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। एपीएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो ।

बिहीबार नै भएको अन्तिम क्वाटरफाइनलको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। गण्डकीले बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सेटले पराजित गरेको हो । शुक्रबार सेमिफाइनलका दुई खेल हुनेछन्।

फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ तथा नेपाल पुलिस क्लब र गण्डकीबीच खेल हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ।

१२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077