Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • नेपालमा फेरि अघोषित लोडसेडिङ शुरू, कुलमानले विचौलियाको काम गर्दा समस्या भएको उद्योगीहरुको भनाई

    नेपालमा फेरि अघोषित लोडसेडिङ शुरू, कुलमानले विचौलियाको काम गर्दा समस्या भएको उद्योगीहरुको भनाई

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । लामो समयपछि नेपालमा पुनः अघोषित लोडसेडिङ शुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले ‘लोडसेडिङ मुक्त नेपाल’ भनेपछि मंगलबारबाट अघोसित लोडसेडिङ शुरु भएको हो ।

    विशेष गरी भैरहवा औद्योगिक क्षेत्र र लुम्बिनी करिडोरका उद्योगहरुले मंगलबार रातीबाट अघोषित लोडसेडिङ भोग्नुपरेको छ । ति उद्योगहरुले मंगलबार रातीबाट बिजुली पाएका छैनन् । भारतबाट आयात हुँदै आएको बिजुली नेपालले किन्न नसकेपछि लोडसेडिङ हुन थालेको हो ।



    मूल्य आकासिएर किन्न नसकेपछि भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ । यसले मागअनुसार विद्युत आपूर्तिमा समस्या देखिएको हो ।



    नेपालले दैनिक बिडिङमार्फत भारतबाट बिजुली खरिद गर्दै आएकोमा मंगलबार नेपालले राखेको मूल्यमा भारतले बिजुली दिएन । भारतमा बिजुलीको मूल्य ३६ रुपैयाँ प्रतियुनिटसम्म पुग्यो । जबकी नेपालले भारु ८ देखि ९ रुपैयाँमा बिजुली किनिरहेको थियो । मंगलबार पनि सोही मूल्यमा बिड गर्दा नेपालले बिजुली पाएन । जसका कारण उद्योगहरुले एक रातमा अर्बौ नोक्सान ब्यहोर्नुपरेको जनाएका छन् ।

    भारतलाई प्रतियुनिट ३ रुपैयाँ ६८ पैसामा बिजुली बेच्ने नेपाल विद्युत प्राधिकरणले भारतबाट आयात गर्दा भने औसतमा प्रतियुनिट २५ रुपैयाँ बढी तिर्नुपर्ने अवस्था आएको छ ।

    नेपालले अहिले भारतबाट दैनिक साढे ४ सय मेगावाटदेखि साढे ५ सय मेगावाटसम्म बिजुली किनिरहेको छ । आईईएक्समा हरेक १५ मिनेटमा बिजुलीको मूल्य फरक हुन्छ र एक दिनभरिका लागि ९६ वटा फरक–फरक बल्कमा प्रतिस्पर्धा गर्नुपर्छ ।  भारतीय प्रतिस्पर्धी बजारमा बिहीबारको विद्युतको मूल्य प्रतियुनिट १५.२७ पैसा भारु पुगेको छ । यो बिजुली नेपाल ल्याउँदा थप ५३ पैसा भारु प्रशारणलाइन शुल्कका रुपमा जाडिन्छ । यसरी प्रतियुनिट १५.८० पैसा भारु पर्न जान्छ । यो भनेको प्रतियुनिट लागत २५.२८ रुपैयाँ हो ।

    तर, आज बिहिबार भने प्राधिकरणले ३८ रूपैयाँ भारू प्रति युनिट विजुली किन्ने निर्णय गरेकाे छ । जुन मूल्य प्राधिकरणले धान्नै सक्दैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारले नहेरे उद्योग नै बन्द गर्नुपर्ने अवस्था भइसकेकाे बताउन थालिसकेका छन् ।

    अहिले भारतबाट औसतमा १२ सय मेगावाट प्रतिघण्टाका दरले विद्युत् आयात गनुपर्ने बाध्यतामा प्राधिकरण छ । नदीमा पानीको सतह घट्ने भएकाले चैत महिना भारतबाट सबैभन्दा बढी विद्युत ल्याउनुपर्छ ।

    भारतले आफ्नो ७० प्रतिशत बिजुली कोइला उद्योग र थर्मल प्लान्टबाट उत्पादन गर्छ । तर, रुस र युक्रेन युद्धको असर ती वस्तुको आपूर्तिमा परेपछि भारतमा बिजुली महँगिएको हो । भारतबाट नेपालले प्रतिस्पर्धी दरमा विद्युत किनिरहेको छ । उच्च मूल्यमा भारतमै बिजुली बिक्री हुन थालेपछि प्राधिरकणले गरेका ‘बिड’ स्वीकृत हुन सकेका छैनन् ।

    विद्युत प्राधिरकणले भारतसँग विद्युत खरिदका लागि सम्झौता गरेका भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) ले पनि मूल्य आकासिए पछि विद्युत आपूर्ति सुनिश्चित गर्न सकेका छैनन् । नेपालले भारतको एनभीभीएनसँग १५० मेगावाट र पावर ट्रेड कर्पोरेसनसँग ७० मेगावाट बिजुली नियमित रुपमा आयात गर्न सम्झौता गरेको थियो । तर, बिजुलीको मूल्य बढेपछि यी दुबै एजेन्सीले १ महिनादेखि नेपाललाई बिजुली दिएका छैनन् । नेपालले भारतसँग बिजुली किन्दा हरेक दिन बोलकबोल प्रतिस्पर्धा गर्नुपर्छ ।

    बुधबार प्राधिकरणले औसत मूल्यभन्दा केही बढाएर बोलकबोल गर्दा पनि मूल्य आकाशियो । त्यसकारण प्राधिकरणले ९६ ब्लकमा गरिएको बिडमा जम्मा १२ वटा युनिटमा मात्रै बिजुली पायो ।

    मूल्य बढ्ने क्रम अझै रोकिएको छैन । भारतमा औसत प्रतियुनिट बिजुलीको मूल्य भारु २० सम्म पुग्ने अवस्था देखिएको प्राधिकरणकै अधिकारीहरु बताउँछन् । यदि भारतमा प्रतियुनिट बिजुलीको मूल्य २० भारु पुगेमा प्राधिकरणले ३५ दिनमा ८ अर्ब भन्दा बढि नोक्सानी ब्यहोर्ने खतरा बढेको छ ।

    विजुली दिन नसकेर समस्यामा परेको विद्युत प्राधिरकण भने लोडसेडिङ मान्न तयार छैन । उद्योगी व्यवसायीहरुले बिजुली कटौती हुने समय माग गर्दा पनि प्राधिकरणले दिन अस्वीकार गरिरहको छ । कुनै बेला विद्युत खपत बढाउनुपर्यो भन्दै उद्योगहरु धाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले समस्यामा परेका छ ।

    घिसिङ आफ्नै कारण समस्यामा परेको व्यवसायीहरु बताउँछन् । प्राधिकरणले नेपालमा विद्युत उत्पादन बढाउने भन्दा पनि भारतबाट महँगोमा बिजुली किनेर विचौलिया बनेर उद्योगीहरुलाई बेच्दा अहिले समस्यामा परेको हो ।

    नेपालमा डिमाण्ड भन्दा आधा पनि विद्युत उत्पादन छैन । १ हजार ६ सय मेगावाट डिमाण्ड भएपनि उत्पादन भने ८ सय मेगावाट मात्रै रहेको प्राधिकरणकै एक कर्मचारी बताउँछन् । कुलमानले नै साना लगानीका जलविद्युतको पीपीए रोकिदिएका कारण यो समस्या अझै लामो समयसम्म देखिने ति व्यवसायीले बताए ।

    महँगोमा बिजुली खरिद गर्नुपर्ने अवस्थाकै बाबजुद पनि बिहीबार रातिबाट उद्योगहरूलाई बिजुली उपलब्ध गराने बताउँदै घिसिङले भने–‘ठूला उद्योगीहरू समस्यामा छन् तर घरायसी र अरू उपभोक्ताका लागि बिजुली कटौती गरिएको छैन ।’

    दुई दिनमै हार खाइसकेका कार्यकारी निर्देशक घिसिङले धेरै दिन यसरी विजुली दिन नसक्ने बताइसकेका छन् । उनले भनेका छन्–‘साता/दस दिनका लागि त महँगोमै ल्याएर भए पनि बिजुली दिन्छौं तर त्यसपछि धान्न सकिँदैन । कि त सरकारले हेर्नुपर्छ, कि त उद्योग नै बन्द गर्नुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार